बिराटनगर भदौ ४
विराटनगरको विराट नर्सिङ होम नजिकैका न्यू बिक्की हार्डवेयरमा आईतबार शंकास्पद रुपमा मृत फेला परेका टंक भट्टराईको शवसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् । हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने माग राख्दै विराटनगरको सो हार्डवयेर अगाडि स्थानीयले प्रदर्शन गरेका हुन् ।
हत्या भएको तीन दिन बित्दा हत्यारा पक्राउ नभएकोले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही गर्न दबाबस्वरुप आफूहरुले प्रदर्शन गरेको स्थानीय तुलसी सिग्देलले बताए ।
पोस्टमार्टम लगतै मृतक भट्टराईको शवसहित प्रदर्शनमा उत्रिएका स्थानीयहरुले उक्त हार्डवेयरले घटना लुकाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले हत्यारालाई तुरुन्त कारबाही गनुपर्ने, श्रमिकको सुरक्षाको ग्यारेन्टि गरिनुपर्ने लगायतका माग राख्दै कहीबेर धरान विराटनगर सडकमा समेत जाम गरेका थिए ।
विराटनगरको बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अन्दाजी ५० वर्षिय टंक भट्टराईको आँखामा गम्भिर चोट लागि फुटेको र शरीरमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।