एजेन्सी,भदौ ४
तेस्रो भागसम्म सुपरहिट रहेको चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खानले अभिनय गर्ने फाईनल भएको छ ।यो चलचित्रको लागी अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको जनाईएको छ ।
साथै सलमानले धूम ४ को नाफा मागेसँगै आदित्यले शाहरुखलाई फाइनल गरेका हुन् । आदित्यको चलचित्र डर र बाजिगरका भिलेनको रूपमा खेलिसकेका शाहरुख धुम ४ मा पनि भिलेनको भूमिकामा देखिदैछन् । विजय कृष्णले निर्देशन गर्ने उक्त चलचित्रमा शाहरुख भिलेनको भूमिकामा दखिने भएपनि हालसम्म नायक को रहने भन्ने निर्माण पक्षले खुलाएको छैन ।