एजेन्सी, भदौ ४
बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गर्दै आफ्नो रिलेसनको अफिसियल एनाउन्समेन्ट गरेकी छन् । प्रियंका उमेरले आफ्ना प्रेमीभन्दा ११ वर्षले जेठी छिन् ।
प्रियंका अहिले ३५ वर्षकी भईन् भने निक २५ वर्षका भएका छन् । यतिबेला सामाजिक सञ्जालमा यी दुईको एक तस्बिर यतिबेला खुब भाइरल भएको छ ।जब प्रियंकाले सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी थिइन् त्यसबेला निक जोनास कस्ता देखिन्थे ? एक तश्बिरमा मिस वल्र्डको उपाधि जितेपछि प्रियंकाको तश्बिर र अर्को तिर निक जोनासको वर्ष २००० मा खिचिएको एक तश्बिर लगाइएको छ । तश्बिरमा निक स्कूल ब्वाई देखिएका छन् ।
सन् २००० मा निक जोनस मात्र ८ वर्षका थिए भने प्रियंका १९ वर्षकी थिइन् । प्रियंका र निकको उमेरबीचको भिन्नता फ्यानका बीच चर्चामा रहेको छ तर यो जोडीले उमेरको दूरीलाई किनारा लगाएर समाजमा प्रेमलाई लिएर सकारात्मक सन्देश दिएका छन् । रिपोर्टसका अनुसार, प्रियंका चोपडाको निक जोनाससँग पहिलो भेट आफ्नो शो ‘क्वान्टिको’ को सेटमा भएको थियो ।