गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति

२८ असार ७९, बुधबार

२९ असार,काठमाण्डौ ।
सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ।झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको हो।सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन्।२०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन।उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।उनले राष्ट्रियसभा उपाध्यक्षको समेत निर्वाचन छिट्टै हुने बताए। उपाध्यक्ष कुन दलले लिने भन्नेमा भने सहमति नभइसकेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top