×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडि भागे

२९ असार २०७९

२९ असार,एजेन्सी ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्।कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्।बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्।उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बिबिसीले जनाएको छ। अमेरिकी नागरिकतासमेत भएका बासिल उनी त्यतै जाँदैछन्।श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ।यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए।श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएसँगै नयाँ राष्ट्रपतिको चुनिने प्रक्रिया थालिने भएको हो। गोटबायाले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्ने निर्णय पार्टीका नेताहरूले गरेका हुन्, रानातुंगाले भने, पार्टीले निर्णय गरे बमोजिम गोटबायाले राजीनामा दिएमा त्यसअनुरूप प्रक्रिया अगाडि बढ्नेछ।

Advertisement
Advertisement

Advertisement

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।२ करोड २० लाख श्रीलंकालीहरू केही वर्षअघिसम्म आर्थिक विकासका लागि छिमेकी मुलुकहरूका लागि पनि उदाहरण बन्ने दिशामा थिए। शासकहरू अदूरदर्शी नीतिका कारण अहिले श्रीलंका टाट पल्टिएको छ। हिजोसम्म आमनागरिकले जे कुरालाई दैनिक आवश्यकता ठान्थे ती आज प्राप्त गर्न नसक्ने सुविधामा परिणत भएका छन्।प्रदर्शनकारीले उनीहरूको निवास कब्जा गरेपछि राष्ट्रपति गोटबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे कहाँ छन् भन्ने थाहा छैन। राष्ट्रपति र प्रधानमन्त्री दुबै नभएको अवस्था अहिले श्रीलंका कसले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको छ।प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म उनीहरूको निवास नछोड्ने बताएका छन्।राष्ट्रपति राजापाक्षे शनिबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। न त उनले कुनै सन्देश जारी गरेका छन्।केही दिनअघि तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षेले राजीनामा दिने बताएका थिए। सोमबार प्रधानमन्त्री विक्रमासिंघे प्रेस युनिटले पनि राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएको छ। राजापाक्षे स्वयंले भने यसबारे कुनै जानकारी दिएका छैनन्।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top