२९ असार,काठमाण्डौ । नेपालमा आज एकैदिन २०६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १००६ पुगे

Blood sample with coronavirus positive

२९ असार, काठमाडौं ।

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।