पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा

३ साउन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।

झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ ।

नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात उच्च हुँदा काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्लादेश र भुटानसँग पनि नेपालको व्यापार घाटा छ ।

बङ्लादेशसँग १० अर्ब ९ करोड ९९ लाख र भुटानसँग ७४ करोड ८६ लाख रुपैयाँ घाटा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्लादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै भुटानबाट १ अर्ब २० करोड ५३ लाखको सामान आयात हुँदा ४५ करोड ६५ लाख सामान निर्यात भएको थियो ।

बङ्लादेश र भुटानसँग नेपालले काँकडभिट्टा नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार हुन्छ । बङ्लादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ ।

बङ्लादेशसँग नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र २०७६/०७७ मा ३ अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको थियो ।

यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीका अनुसार १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट धेरै भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top