धरान रोडमा शवसहित प्रदर्शन, प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आक्रोश

विराटनगर,भदौ ५
कार्यस्थलमै शनिबार राति विराटनगरमा हत्या गरिएका मृतक परिवारले शवसहित विराटनगरमा प्रदर्शन गरेका छन । हत्यारालाई कारवाही र पीडित पक्षलाई राहतको माग गर्दै सोमबार उनीहरुले प्रदर्शन गरेका हुन् । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का टंक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र राहतको माग गर्दै प्रर्दशन गरेका हुन् ।

घटनापछि धरानबाट पोस्टमार्टम गरी ल्याइएको भट्टराईको शवसहित उनीहरुले प्रदर्शन गरेका हुन् । पीडित पक्षको प्रदर्शनमा अखिल नेपाल सेक्युरीटि मजदुर संगठन मोरङले समेत ऐक्यबद्धता जनाएको छ । सो क्रममा पीडित पक्षले सोमबार दिउँसो शवसहित घटनास्थल विक्की हार्डवेयर पसल अगाडी शव राखेर केहिबेर प्रर्दशन गरेका थिए । मृतककी छोरी नविना भट्टराईले आफुहरुले न्याय नपाएसम्म शवको अन्त्येष्टि नगरी प्रदर्शन जारी राख्ने बताइन् ।

Advertisement

पसल अगाडि शव राखेर केहिबेर प्रदर्शन गरेका पीडित पक्षले केहिबेरपछि धरानरोडको मुख्य राजमार्गमा शव राखेर धर्नामा बसेका थिए । सो क्रममा उनिहरुले सवारीसधान आवागमनमा समेत रोक लगाउँदै पीडित पक्षलाई न्याय दिन माग गर्दै नाराबाजीसमेत गरे । पीडित पक्षले न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनीहरुले प्रतिक्रिया दिएका थिए । सवारीसधन अवरोध गरिएपछि उत्तर–दक्षिण राजमार्गको निकै लामो दुरीसम्म सवारीसाधनको जाम लागेको थियो ।

Advertisement

प्रदर्शनका कारण तनाव उत्पन्न हुनसक्ने आशंकामा ब्यापक प्रहरी परिचालन गरिएको थियो । झण्डै एकघण्टा बढीको प्रयासपछि प्रहरीले प्रर्दशनकारीलाई छेकबार लगाउँदै सडकमा राखिएको शव कब्जामा लिएको थियो । प्रहरीले सडकमा राखिएको शव सडक किनारमा पार्किंग गरिराखिएको शवबाहनमा राखेर पछि प्रदर्शनकारीलाई राजमार्गबाट छेउ लगाएर सवारीसधानको आवागमन सुचारु गरेको थियो ।

सडकबाट उठाएको शवपछि प्रहरीले मृतकका आफ्न्तलाई नै जिम्मा लगाएको थियो । यसैबीच मृतक भट्टराईको शव जिम्मा लिएका आफन्तले सोमबारै साँझ उनको अन्त्येष्टि गरेका छन् । शवको अन्त्येष्टि गरिए पनि न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनीहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top