वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए ।टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो ।
नपाएपछि नियन्त्रणमा लियो ।लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले ।त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए ।
तरकारी बिग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे ।
व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी टोली मुर्दाबाद भन्दै नारा लगाएका थिए ।, आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ ।