Nepal Times
Nepal Times
135
Shares

रुसले थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

रुसले थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

४ साउन, एजेन्सी । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताएका छन् ।

रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उनको दाबी रहेको बीबीसीले जनाएको छ ।

रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार पारेको पनि अमेरिकाको आरोप छ । रुसले आफूमा बिलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको र जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ तयारी गरेको किर्बीको भनाइ छ ।

सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले यूक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो । रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीको कार्यालय स्थापना गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.