×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता

४ श्रावण २०७९

४ साउन, काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो ।

त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

Advertisement
Advertisement

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।

ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटाएको छ । दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।

गएको आइतबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर निगमले पुरानै मूल्यमा बेच्दै आएको छ ।

Advertisement
Advertisement

भारतबाट भाउ घटेर आए पनि निगम घाटामा रहेकाले भाउ नघटाएको निगमले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top