Nepal Times
Nepal Times
3
Shares

काठमाडौँ उपत्यकासहित थप ५ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था

काठमाडौँ उपत्यकासहित थप ५ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था

४ साउन, विराटनगर । निर्वाचन आयोगले काठमाण्डौ उपत्यकासहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

निर्वाचन आयोगले काठमाण्डौ उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको हो ।

आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो ।

अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ ।

यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि फारम भर्न नपर्ने आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.