Nepal Times
Nepal Times
36
Shares

लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

४ साउन ,काठमाण्डौ ।

पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताए । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो । मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ ।बाँकेको खजुरापछि बर्दियाको गुलरियामा एक सय पाँच मिलिमिटर पानी परेको छ । अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेको छ । वर्षाले बाँकेको कोहलपुर र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौँ घर र पसलमा पानी पसेको छ भने नालाको निकास बन्द भएको ठाउँमा पानी जमेर डुबान भएको छ ।साउनको पहिलो हप्तासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएका किसानहरू बुधवार बिहानदेखि परेको ठूलो वर्षाबाट खुसी भएका छन् । देशका अरू ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज राति भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा हिजोदेखि पानी परिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.