Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग राख्दै प्रदर्शन (फोटोसहित)

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग राख्दै प्रदर्शन (फोटोसहित)

८ साउन, विराटनगर । प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा हालसम्म दलहरुबीच लामो छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामको विषयमा छलफल गर्न प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

जारी अधिवेशनबाटै नाम टुंग्याउने तयारी भएपनि दलहरु भने आ–आफ्नै अडानमा यथावत छन् । कांग्रेस एमालेले भूगोलको पक्षमा अडान राखेपछि पहिचानवादीहरुको सक्रियता बढेको हो ।

यसैविच, प्रदेश सभाको बैठक चलिरहँदा बाहिर भने प्रदेशको नाम पहिचानका आधारमा ‘किरात प्रदेश’ नामाकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.