Nepal Times
Nepal Times
3
Shares

अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने

अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने

९ साउन, काठमाडौँ । अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ ।

राहदानी विभागको ’नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ ।

राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.