Nepal Times
Nepal Times
3
Shares

यू-२० साफ च्याम्पियनसिप आजदेखि हुँदै, उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै

यू-२० साफ च्याम्पियनसिप आजदेखि हुँदै, उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै

९ साउन, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ ।

कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ ।

नेपालले अर्को खेल पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्लादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.