बेलायतमा भावी प्रधानमन्त्रीको बहसकी एंकरनै लाइभ बहसमै बेहोस भएपछी

१० साउन ७९, बुधबार

११ साउन, एजेन्सी ।
बेलायतमा प्रत्यक्ष टेलिभिजन बहस चलिरहेकै बेला प्रस्तोता बेहोस भएकी छन् । बेलायतका नयाँ प्रधानमन्त्रीका दाबेदार ऋषि सुनक र लिज ट्रसलाई राखेर बहस गराइरहेकी कार्यक्रम प्रस्तोता लाइभ कार्यक्रममा नै बेहोस भएकी हुन् । ‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका क्रममा प्रस्तोता केट मेक्यान बेहोस भएपछि उक्त कार्यक्रम नै स्थगित भएको थियो । दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ ।

टेलभिजनले प्रस्तोता  मेक्यान अहिले ठीक भए पनि डाक्टरको सल्लाहअनुसार केही समय आराम गर्नुपर्ने बताएको छ ।  मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उहाँसगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ । कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि अर्को एक जना कोरोना संक्रमणका कारण उपस्थित हुन सकेका थिएनन् ।

कार्यक्रम स्थगित हुनुअघि कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारेका योजनाहरुका बारेमा योजनाहरु प्रस्ततु गरिएको थियो । युक्रेनलाई सहयोग गर्ने योजनाबारे बहस हुँदै गर्दा कार्यक्रम स्थगित भएको थियो । यसअघि बिबिसीसँगको बहसमा एकअर्काप्रति खरो उत्रिएका उनीहरू ‘टक टिभी’ सँगको बहसमा निकै नरम थिए ।

Advertisement

राष्ट्रिय बीमा कार्यक्रमबारे पूर्वअर्थमन्त्री सुनकको नीतिले बेलायतको अर्थतन्त्रलाई धरासयी बनाउने ट्रसले बहसमा बताएकी थिइन् । सुनकले भने आफ्नो योजना कोरोनाले कमजोर बनाएको अर्थतन्त्रलाई बलियो बनाउन सहयोगी हुने बताएका थिए ।  टक टिभीको बहसमा उनीहरू व्यक्तिगत तहमा उत्रिएनन् । सुनक र ट्रसबीच नीतिगत विषयमा बढी छलफल भएको थियो ।

कन्जरभेटिभ पार्टीका कार्यकर्ताले यी दुईमध्ये एकलाई पार्टीको नेता छान्नेछन्। कन्जरभेटिभ पार्टीको नेता चुनिने व्यक्ति बेलयातको नयाँ प्रधानमन्त्री बन्ने छन् । कन्जरभेटिभका पार्टीका कार्यकर्तामाझ  पछिल्लो सर्वेक्षणमा ट्रसको लोकप्रियता बढी देखिएको छ ।

Advertisement

सुनक र ट्रस दुबै कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री बोरिस जोनसनको स्थानमा देशको अर्को प्रधानमन्त्रीको रूपमा आफ्नो भाग्यको प्रयास गरिरहेका छन्। पार्टीका करिब २०,००० सदस्यहरूले अर्को महिना आफ्नो नेताको लागि मतदान गर्नेछन् । जोनसनको उत्तराधिकारी  ५ सेप्टेम्बरमा घोषणा गरिनेछ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top