Nepal Times
Nepal Times
3
Shares

बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके

बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके

१२ साउन, काठमाडौँ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहोर ढुवानी गर्ने गाडीलाई रोकेका छन् ।

सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहोर बोकेर गएका काठमाडौँ महानगरपालिकाका गाडीलाई रोकेका हुन् ।

‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हन्’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘केहीबेरलाई फोहोर ढुवानी हुन पाएन । अब ढुवानी हुन्छ । स्थानीय बासिन्दाको माग अनुसार दुईतर्फी नै सडक मर्मत हुन्छ ।’

सडक मर्मतका लागि भन्दै काठमाण्डौ महानगरले एक हप्ताअघिदेखि फोहोर उठाएको थिएन ।

आजदेखि फोहोर उठाउने भनिए पनि समस्या भएको छ । फोहोर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.