Nepal Times
Nepal Times
3
Shares

एसीसी एसिया कप क्रिकेट श्रीलङ्काबाट यूएईमा सारियो

एसीसी एसिया कप क्रिकेट श्रीलङ्काबाट यूएईमा सारियो

१२ साउन, काठमाडौँ । एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ ।

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ ।

टी–२० फर्म्याटको एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.