एसीसी एसिया कप क्रिकेट श्रीलङ्काबाट यूएईमा सारियो

१२ साउन, काठमाडौँ । एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ ।

Advertisement

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ ।

टी–२० फर्म्याटको एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

Advertisement

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top