×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

कस्तो रोग हो हेपाटाइटिस ?कसरी सर्छ ?कसरी बच्ने ?

१२ श्रावण २०७९

१२ साउन,विराटनगर ।

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, विविध सचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ । हेपाटाइटिस भनेको एउटा संक्रामक रोग हो । जसमा विभिन्न भाइरसले कलेजोलाई असर गर्छ ।

Advertisement
Advertisement

एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । हेपाटाइटिस ’ए’,’बी’,’सी’ र ’ई’ कमन हेपाटाइटिस हुन् । हेपाटाइटिस ’ए’ र ’ई’ पानीबाट सर्छ । यसको क्षणीक र कम असर देखिन्छ । यसमा सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । त्यसको एक हप्तापछि जण्डिस हुने, पिसाब पहेँलो हुने, आँखा पहेँलो हुन्छ भने जिउ चिलाउने हुन्छ । यो आफैं निको हुँदै हुन्छ । केही मात्रै अस्पताल भर्ना हुने गरेका छन् । हेपाटाइटिस ’बी’ र ’सी’ रगतबाट सर्छ । यसले कलेजोलाई असर पर्छ । यसमा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन ।

जण्डिस हुँदै गएपछि जिउ गल्ने र पछि गएर कलेजो फेलसमेत हुन सक्छ । त्यस्तो अवस्थामा पेटमा पानी जम्ने, बान्तामा रगत आउने हुन्छ । ’बी’को हकमा ट्याबलेट र खोप बनेको छ । तर आजको दिनमा ट्याबलेट र खोपले रोगलाई थामेर राख्नेमात्रै हो । पूर्णतः निको हुने क्षमता भएको औषधि बनेको छैन । ’सी’को हकमा औषधि बनेको छ । यसको सफलता दर ९५ प्रतिशत माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हुनेगर्छ ।

त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हुनेगरेका छन् । नेपालमा एकीन तथ्याङ्क नभए पनि एक प्रतिशत जनसङ्ख्यामा हेपाटाइटिस ‘बी’ का बिरामी भएको अनुमान गरिएको छ । चिकित्सकका अनुसार नेपालमा करिब एक लाख मानिसमा हेपाटाइटिस ‘सी’ र करिब तीन लाख हेपाटाइटिस ‘बी’ का बिरामी रहेको अनुमान गरिएको छ । हेपाटाइटिस ‘सी’ लागूपदार्थ सेवन गर्नेहरुमा बढी देखिएको चिकिच्सकको भनाइ छ । लागूपदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस ‘सी’ हुने उनीहरु बताउँछन् ।

हेपाटाइटिस भएका बिरामीलाई शारिरीक व्यायाम, स्वस्थ खाना, चिल्लो, पीरो र धेरै नुनिलो खान हुँदैन । कलेजोलाई असर पर्ने खाना खान हुँदैन । रक्सी,चुरोट खानु हुँदैन । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए÷नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षित यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिस विरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन चिकित्सकहरु सुझाउँछन् ।

धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । हेपाटाइटिसका कारणले वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा हेर्नुपर्नेमा स्वास्थविज्ञहरुको तर्क छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top