×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

बालेनविरुद्ध उत्रिए बञ्चरेडाँडावासी , भदौ १ बाट फोहोर फाल्न नदिने

१२ श्रावण २०७९

१२ साउन, काठमाण्डौ ।

काठमाडौंको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीयले  फेरि फोहोर फाल्न अवरोध गर्ने भएका छन् ।  सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ ।  बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा  फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजान सधैँका लागि बन्द गरिने  उनीहरुले बताएका छन् ।

Advertisement
Advertisement

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यका सम्बन्धित अंगहरुले फोहोरमैला व्यवस्थापनका नाममा आजभन्दा करिव ५० वर्ष अघिदेखि सत्ता प्राप्तिको मुद्दा बनाएर स्थानीयलाई पीडा र समस्या दिइरहेको बताए । उनले नागरिकहरुको सम्पत्तिमा पौडी खेलेर ओखरपौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे ।

आगामी भदौ १ गतेबाट सधैँका लागि उपत्यका भित्रको फोहोरमैला बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल साइटमा फाल्ने कुरा इतिहासको रुपमा भदौ १ हुने समेत उनले घोषणा गरे । आउँदो दिनमा यो वा त्यो बहानामा फोहोरका लागि छुट नदिने  उनले बताएका छन् ।  पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गरे ।

उनले नयाँ र स्वतन्त्र मेयरबाट फोहोर व्यवस्थापनको आश गरेपनि त्यो सत्य हुन नसकेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र साहले रुटिन नेपाललाई एक करोड रुपैयाँ दिएको आरोप लगाउँदै फोहोर फाल्ने ठाउँका लागि मिठा गफ गरेको तर बजेट ल्याउँदा समेत कुनै कार्यक्रम र योजनामा उल्लेख नगरेको बताए ।मेयर साहको सिसडोलवासीको मागलाई गरेको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।

स्थानीयवासीहरुले मानवबस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र, फोहोरमैला प्रदुषणरहित, मानवबस्ती विकास क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । त्यस्तै ल्याण्डफिल साइटमा अस्पतालजन्य फाहोरमैला, विषाधीजन्य फोहोरमैला, मृत पशुपंक्षी फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला,तेजाव तथा रसायनजन्य फोहोरमैला, होटल तथा रेष्टुराँबाट उत्पादित कुहिने फोहोरमैला प्रतिवन्ध गर्नुपर्ने माग गरेका छन् ।

Advertisement

त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १,२,३ लाई र धादिङको धुनिबेंसी नगरपालिका १ कोल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशील घोषणा गर्नुपर्ने तथा तारकेश्वर नगरपालिका ३ को त्रिशुली रोड तथा पासाङ ल्हामू राजमार्गको पश्चिम तर्फका भूभागलाई समेत संवेदनशील घोषणा गर्नुपर्ने माग गरेका छन् ।  एकहप्ता यता ल्यान्डफिल्ड पुग्ने सडकमा समस्या हुदा काठमाडौंको फोहोर व्यवस्थापन हुन् सकेको छैन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top