उमेर घटाई नक्कली प्रमाणपत्र पेश गरेका डीएसपीलाई ८ महिना कैद

१२ साउन , काठमाण्डौ ।

उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई ८ महिना कैद सुनाएको छ । कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो ।

यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ । डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।

Advertisement

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए । तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो । आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ । सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाण पत्र नै नक्कली बनाएका थिए ।

पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो । जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को (१) बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।

Advertisement

उक्त कसुर गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। सोही अनुसार सिंहलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने पूर्णपाठमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top