Nepal Times
Nepal Times
3
Shares

चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

१५ साउन, चितवन । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।

पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ ।

महाशाखाका अनुसार इलाम, झापा, सङ्खुवासभा, उदयपुर, सिन्धुली, चितवन, नवलपरासी पूर्व, तनहुँ, कास्की, दार्चुला र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

यसैबीच, अबको तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन् ।

आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

उनका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । यस्तै, राति प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.