कञ्चनपुर, भदौ ३
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
स्थानीयले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका छन् । भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको दाबी गरेको छ । तर स्थानीयले भने निर्मलाको हत्या विष्टले नभइ अरुले नै गरेको आरोप लगाएका छन् । गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।