Nepal Times
Nepal Times
279
Shares

प्युठान दुर्घटनामा ज्यान गूमाउनेको संख्या तीन पुग्यो

प्युठान दुर्घटनामा ज्यान गूमाउनेको संख्या तीन पुग्यो

१५ साउन, काठमाण्डौ ।
शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा सनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका ४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी(३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि १५ जना घाईते छन्। घाइतेमध्ये मायादेवीका ९ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ६ जना छन्।उनीहरूको रूपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.