Nepal Times
Nepal Times
3
Shares

आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

१५ साउन ,काठमाडौं ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को रेड जोनुमा परेका छन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार १४७ पुगेको छ ।आज देशभरका ४७ जिल्लामा संक्रमित थपिएका छन् । आज देशभर रहेका चार हजार ५६७ जना सक्रिय संक्रमितमध्ये चार हजार ४२४ जना होम आइसोलेसनमा र १४३ जना संस्थागत आइसोलेसन छन् ।अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.