Nepal Times
Nepal Times
3
Shares

बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु : सर्लाही

बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु :  सर्लाही

१५ साउन, विराटनगर ।
सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षीय चन्दन चौधरी रहेका छन् । आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.