पशुपतिको गंगा आरतीमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने

१५ साउन ७९, सोमबार

१६ साउन, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् ।कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ । साउन महिनाभर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top