बर्दिबासमा सिद्धार्थ,कामना र नेपाल एसबिआई बैंक रहेको भवनमा आगलागी

१५ साउन ७९, सोमबार

१६ साउन, जनकपुरधाम ।

Advertisement

महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए ।

उनका अनुसार अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको र थप विवरण पछि संकलन गरिने डीएसपी रावलले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top