Nepal Times
Nepal Times
216
Shares

२४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

२४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु,

१६ साउन ,काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो । यही अवधिमा दुई सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार नौ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.