×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

इन्धनको मूल्य घट्न सक्ने,भारतले सस्तो पेट्रोल पठायो

१६ श्रावण २०७९

१६ साउन, काठमाण्डौ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन । सोमबार फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ । यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ ।

निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । तर यो पटक पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।

निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार हाल निगमले आइओसीलाई १४ अर्ब रूपैयाँ तिर्न बाँकी छ । अहिले मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ । तर पेट्रोलियम पदार्थमा भारतले पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा भने नाफा हुने देखिएको छ ।

यसले निगमको घाटामा चमत्कारिक रुपमा सुधार देखिने भएको छ । अघिल्लो पटक आईओसी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । यसले गर्दा निगमले मासिक १० अर्ब घाटा नाघेको निगमको अहिले चार अर्बमा झरेको थियो । तर अब भने यो घटेर आएको मूल्य अनुसार निगम नाफामा जाने देखिएको छ । यो मासिक घाटामा गरिएको तुलना हो । यसपाली यही मूल्य कायम रहेमा निगमलाई पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ८२ पैसा नाफा रहने भएको छ ।

यद्यपि डिजलमा भने प्रतिलिटर करिब ९ रुपैयाँ ७६ पैसा नोक्सानी रहने निगमले जनाएको छ । अहिले पेट्रोल १८१ मा र डिजेल १७२ बिक्री गर्दै आएको छ । यस्तै मट्टितेल १७२ मा बिक्री गर्ने गरको छ । हवाई इन्धन (आन्तरिक) १ सय ९० मा बिक्री गर्दै आएको छ । हवाई इन्धन (बाह्य) १.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ ।

Advertisement

यस्तै एलपी ग्यास १८ सयमा बिक्री गर्दै आएको छ । मूल्य घटेसँगै निगमको मासिक घाटामा कमि आएको छ । यो ४ अर्ब ३२ करोडमा सिमित भएको छ । अर्थात निगमलाई यस अवधिमा सवा दुई अर्ब जति घाटा भएको छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top