१६ साउन, काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १।१५ अंक ९०।०५० प्रतिशतले वृद्धि भएर २१९६।२५ अंकमा बन्द भएको छ ।
दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।
व्यापार उपसूचकमा सर्वाधिक ३।५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि ०।४ प्रतिशतले बढेको छ ।होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैंक उपसूचक १।४५ प्रतिशतले घटेको छ ।