जाजरकोटमा मापसे गरेर विद्यालय गएको आरोपमा प्रधानध्यापक पक्राउ

१६ साउन, जाजरकोट ।

Advertisement

जाँड–रक्सी खाएर विद्यालय गएको आरोपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज सोमवार विद्यालयबाटै पक्राउ गरिएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० पुष्कर पन्तका अनुसार मल्ललाई पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल जाँचका लागि लगिएको छ ।

Advertisement

इन्स्पेक्टर पन्तले भने, ‘मल्लमाथि जाँड–रक्सी खाएर विद्यालय आएको आरोप लगाइएको छ, त्यसको जाँचका लागि अस्पताल पठाइएको हो ।’ अस्पतालको रिपोर्टको आधारमा प्रक्रिया अघि बढाइने उनले बताए ।बिहान विद्यालयमा जाँड–रक्सी आएको सूचना पाएपछि अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top