मेस्सी, नेइमार चम्किएपछि पिएसजी बन्यो सुपर कप च्याम्पियन

१६ साउन, एजेन्सी ।

फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सर्वाधिक ११ पटक सुपर कपको उपाधि जित्ने क्बल बनेको छ । गएराती इजरायलमा भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा पिएसजीले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन)को उपाधि ११ औं पटक जित्यो ।

१० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को शानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक–एक गोल गरे ।

Advertisement

खेलको २२ औँ मिनेटमा मेसीले गोल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै नेयमारले अग्रता दोब्बर पारे । ५७ औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई ३–० ले अगाडि बढाए । ८२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेयमारले पिएसजीलाई सानदार जित दिलाए ।

गत सिजनको उपविजेता पिएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको हो । पिएसजी गत सिजन मार्सेसँग पराजित भएको थियो । त्यसअघि पिएसजी २०१३ देखि २०२० सम्म लगातार च्याम्पियन बनेको थियो ।

Advertisement

नान्टेस पाँचपटक फाइनलमा प्रवेश गर्दा तीनपटक च्याम्पियन बनेको छ । फ्रान्समा नयाँ सिजन शुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डि फ्रान्स च्याम्पियनबीच वार्षिक रुपमा सुपर कप खेल्ने प्रावधान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top