Nepal Times
Nepal Times
81
Shares

लुम्बिनी प्रदेशको गौरव आयोजना नै अलपत्र

लुम्बिनी प्रदेशको गौरव आयोजना नै अलपत्र

१७ साउन, काठमाण्डौँ ।
पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको छ । दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् ।

सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा,चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिेनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गरेको भएपनि अहिले सो सडक अलपत्र बनेको छ ।

काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीयले बताएका छन् । सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको उनीहरुको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.