तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

१६ साउन ७९, मंगलबार

१७ साउन,काठमाण्डौ ।

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ।आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए।घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुर्‍याएका थिए। तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ। घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top