सिके राउतले उपेन्द्र यादवलाई टक्कर दिने

१९ साउन ७९, शुक्रबार

२० साउन, काठमाण्डौ ।
सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेपछि चुनावी सरगर्मी बढेको छ । आसन्न चुनावका लागि जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी घोषणा गरेका छन् । उनले सत्तारुढ गठबन्धनमा रहेका उपेन्द्र यादवलाई रोक्ने गरी सप्तरी क्षेत्र नम्बर २ बात उम्मेदवारी दिने तयारी गरेका छन् ।

राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका हुन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका नेताहरुले बताएका छन् । २०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेको छ ।

उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । २०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पनि निरन्तर दबाब आइरहेको छ ।

Advertisement

सप्तरीमा दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिका जनमत पार्टीले जितेको छ । तर, यी दुबै पालिका क्षेत्र नम्बर २ मा पर्दैन । हनुमाननगर कंकालनी क्षेत्र नम्बर १ र बलान विहुल गाउपालिका क्षेत्र नम्बर ४ मा पर्छ । यता, जसपा अध्यक्ष यादव सोही क्षेत्रबाट पुनः चुनाव लड्ने सम्भावना कम छ । किनकि सप्तरी क्षेत्र नम्बर २ बाट दुई पटक लगातार अहिलेसम्म कुनै नेता जितेका छैन् ।

त्यहाँका मतदाता जहिल्यै नयाँ अनुहार खोज्छन् । त्यसैले अध्यक्ष यादवले क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको जसपाका स्थानीय नेताहरु बताउँछन् । सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको थियो । सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ । यसअघि जसपा नेतृ रेणु यादवले रौतहटको गौरमा राउतलाई भौतिक कारबाहीको चेतावनी दिएकी थिइन ।

Advertisement

राउतको पार्टीलाई जसपाले आफूहरु विरुद्ध लागेको टिप्पणी गर्दै आएका छन् । २०७५ फागुन २४ गते तत्कालीन केपीशर्मा ओली नेतृत्वको सरकार र मुलुकको अखण्डता विरुद्ध लागेको सिके राउत नेतृत्वको स्वतन्त्रमधेस गठबन्धनबीच ११ बुँदे सहमतिभएको थियो । त्यस यता गठन भएको जनमत पार्टीले स्वतन्त्र रुपमा राजनीतिक गतिविधी गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top