चीनलाई फकाउन नेपालका परराष्ट्रमन्त्री बेइजिङ जाँदै

२० साउन, काठमाण्डौ ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले एक चीन नीतिलाई चुनौती दिदै चीनले आफ्नो प्रभुत्व मान्ने ताइवानको भ्रमण गरेपछि यतिबेला चीन इतिहासकै अत्याधिक क्रुद्ध बनेको छ । न्यान्सीको भ्रमणपछि ताइवान र अमेरिकालाई लक्षित गर्दै चीनले लगातार पाँच दिने सैन्य अभ्यास सुरु गरेको छ ।

अभ्यासकै क्रममा चीनले एक दर्जन ब्यालेस्टिक मिसाइल समेत प्रक्षेपण गरिसकेको छ । ताइवानलाई लिएर चिन्तित र आक्रोशित बनिरहेको चीनले विश्वमा एक चीन नीति प्रति प्रतिवद्धता खोजिरहेको यो बेला नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । उनी आगामी मंगलवार चीनको भ्रमणमा जाने भएका हुन् । चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि चीन जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ । चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन । परराष्ट्रमन्त्रीसहितको टोली बिहीवार नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बिहीवार सरकारले निर्वाचन घोषणा गरेलगत्तै तय भएको परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

केहीसमय यता दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूका साथै नेपाली अधिकारीहरूले पनि दुई देशमा भ्रमण गर्ने क्रम बढेको छ । केही समय पहिले अमेरिकी उप विदेशमन्त्रीले समेत नेपालको भ्रमण गरेका थिए । ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । उक्त मामिलामा चीनले नेपालको सहयोगको अपेक्षा गरेको सार्वजनिक भइरहेको छ ।

Advertisement

अमेरिकी उच्च अधिकारीहरूले समेत नेपालप्रति चासो राखिरहेका छन् । चीनले आफूविरुद्ध नेपाली भूमि अमेरिकाले प्रयोग गर्न सक्नेतर्फ सचेत गराउदै आएको छ । चीनले ताइवान प्रकरणपछि नेपालको प्रतिवद्धता खोजेको र चिनियाँ सहायक विदेश मन्त्रीको नेपाल भ्रमण तथा प्रचण्डको भारत भ्रमणपछि चीन थप संशकित बनिरहेका बेला पररराष्ट्र मन्त्रीको चीन भ्रमणलाई थप महत्वका साथ हेरिएको छ।

ताइवान प्रकरणपछि नेपालका केही कम्युनिष्ट नेताहरुको एक चीनप्रति प्रतिवद्धता जनाउदै पेलोसीको भ्रमणको विरोध जनाइसकेका छन् भने पेलोसीको भ्रमणपछि ताइवानमा उत्पन्न परिस्थितिलाई नजिकबाट नियालेको भन्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘एक चीन नीति’को समर्थनमा नेपाल रहेको उनले बताएकी छिन् ।

‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेका छौं,’ प्रवक्ता लम्सालले भनिन्, ‘नेपालले ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ।’ साथै, एसपीपीलाई अघि नबढाउने निर्णय अनुसार ९ साउनमा कुटनीतिक माध्यमबाट लिखित जानकारी गराइएको पनि उनले जानकारी दिएकी छिन् । अब मन्त्री खड्काले समकक्षीसँगको प्रत्यक्ष भेटमा नै एक चीन नीतिप्रति पूर्णप्रतिवद्ध रहेको जनाउने विश्लेषण गरिएको छ । यसअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी थिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top