Nepal Times
Nepal Times
3
Shares

भन्सार छली १२ थान मोबाइल ल्याएको आरोपमा गौशालाबाट एक यूवक पक्राउ

भन्सार छली १२ थान मोबाइल ल्याएको आरोपमा गौशालाबाट एक यूवक पक्राउ

२० साउन, काठमाण्डौ ।

प्रहरीले काठमाडौंबाट भन्सार छली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। भारतको पन्जाब घर भई गौशाला बस्दै आएका ३५ वर्षीय सन्दीप अहुजालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।उनका अनुसार अहुजाले १२ थान मोबाइल भन्सार छली गरी ल्याएको आरोप छ।
प्रहरीले अहुजालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।

प्रहरीले भारतबाट भन्सार छलेर मोबाइलहरू ल्याएको भन्ने गोप्य सूचना पाएको थियो। प्रहरीले सोही सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।प्रहरी उपरीक्षक कोइरालाले अहुजाको साथबाट एक थान आइफोन, एक थान भिभो, सात थान ओप्पो, दुई थान सामसङ र एक थान एनफिनिक्स बरामद गरेको बताए।प्रहरीले उनलाई भन्सार कार्यालय गौचरन पठाएको जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.