भन्सार छली १२ थान मोबाइल ल्याएको आरोपमा गौशालाबाट एक यूवक पक्राउ

१९ साउन ७९, शुक्रबार

२० साउन, काठमाण्डौ ।

Advertisement

प्रहरीले काठमाडौंबाट भन्सार छली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। भारतको पन्जाब घर भई गौशाला बस्दै आएका ३५ वर्षीय सन्दीप अहुजालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।उनका अनुसार अहुजाले १२ थान मोबाइल भन्सार छली गरी ल्याएको आरोप छ।
प्रहरीले अहुजालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।

Advertisement

प्रहरीले भारतबाट भन्सार छलेर मोबाइलहरू ल्याएको भन्ने गोप्य सूचना पाएको थियो। प्रहरीले सोही सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।प्रहरी उपरीक्षक कोइरालाले अहुजाको साथबाट एक थान आइफोन, एक थान भिभो, सात थान ओप्पो, दुई थान सामसङ र एक थान एनफिनिक्स बरामद गरेको बताए।प्रहरीले उनलाई भन्सार कार्यालय गौचरन पठाएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top