×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

ओलीका पछि कसले पठायो गुप्तचरी ? फोन ट्यापिङ प्रकरण के हो ?

२० श्रावण २०७९

२० साउन,काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पछि सरकारले गुप्तचर पठाएको आरोप लगाएपछि सरकारले यसको खण्डन गरेको छ । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको जवाफ दिएको हो । बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएका थिए ।

ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन्।

Advertisement
Advertisement

’केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु’, कार्कीले भनेका छन्, ’यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु।’ कार्कीले कुनै नागरिकको गोप्य रुपमा फोन ट्यापिङ नगरेको पनि बताएका छन्। ’सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत छ’, उनले भनेका छन्, ’यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।’ ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए। ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने? अहिले सरकारले जनताको फोन नै ट्यापिङ गरिरहेको छ। यस्तो गर्न मिल्छ?,’ उनले भनेका थिए, ‘हेर्नुस् मेरो घर अघिल्तिर चारजना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेराविरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top