प्लास्टिक र प्रदूषणमूक्त नेपाल बनाउन आफू प्रतिबद्ध रहेको वातावरणमन्त्री प्रदीप यादवको भनाई

२२ साउन ७९, सोमबार

२३ साउन,काठमाण्डौ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन । दक्षिण एसियाली देशमा रहेका नदी तथा समुद्रलाई प्लास्टिक प्रदूषणमूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हून।

मन्त्री यादवले भने, ‘प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।’ उनले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए । नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू मन्त्री भएपछि छोटो समयमै धेरै कामको सुरुवात भएको मन्त्री यादवले दाबी गरे ।

Advertisement

आउँदो भदौ १ गतेदेखि प्लास्टिक प्रदूषणमूक्त बनाउन थप काम हुन गइरहेको उनको भनाइ छ । यसैगरी वीरगञ्जमा रहेको सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्त्वपूर्ण काम भइरहेको उनले बताए।

मन्त्री यादवले प्लास्टिकजन्य पुष्प गुच्छा तथा माला आयात, बिक्री, वितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको बताएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top