पाँच गाडीहरु एकै पटक आपसमा ठोक्किए

२२ साउन ७९, सोमबार

२३ साउन,काठमाण्डौ ।

मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किँदा दर्जन बढी विद्यार्थीहरु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बससहित पाँच सवारी एक आपसमा ठोक्किएका हुन् ।

Advertisement

बिहान साढे नौ बजेको समयमा हेटौँडा–१५ को रातोमाटे वन नर्सरी नजिक एक स्कुल बस, दुई ट्याङ्कर, एक तेलको ट्याङ्कर र एक कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

Advertisement

फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २–०३–००१–ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार पाँच वटा सवारी ठोक्किँदा १५ जना सामान्य घाइते भएका छन् । सबैलाई हेटौँडा अस्पताल ल्याइएको छ । रिलायन बसका चालक ६७ वर्षीय श्यामबहादुर स्याङ्तानको भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा चालक र विद्यार्थीहरू रहेका छन् । अहिले राजमार्ग  भने खुलिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top