विराटनगर,भदौ ५
इटहरीमा कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध साङ्लो ¥याली निकालिएको छ । स्थानीय सरकारले ढाड सेक्ने गरि लगाएको कर र सरकारले महंगी बढाएको बिरोध गदै र्याली आयोजना गरिएको हो ।
साथै देशमा बढीरहेको बलात्कार र हत्या हिंसाको र्यालीले बिरोध गरेको थियो । कर र महंगी बढाएर जनतालाई बाध्ने काम गरेको भन्दै साङकेतिक रुपमा साङ्लो बाधेर सरकारको बिरोध गरिएको बताइएको छ । सरकारले जनतालाई कर तथा महंगीको भारी बोकाएर जिउन मुस्किल बनाएको र्याली आयोजक मध्येका पूर्ण राईले बताए ।
सरकारले जनताको हित भन्दा पनि आफ्नो स्वार्थ पुर्तिका लागी जनतालाई दुख दिने गरेको राईको भनाई छ । सरकाले तत्काल कर र महंगी नघटाए इटहरीका जनता चरणबद्ध रुपमा आन्दोलित हुने उनले चेतावनी दिए । साथै ¥यालीमा महिलामाथि हुने गरेको हत्या, हिंसा तथा बलात्कारका घटनाका दोषीलाई कडा कारबार्हीको माग समेत गरिएको छ । प्रर्दशनमा उत्रिएका युवाहरुले हातमा साङ्लो बाधेर चौक परिक्रमा गरि बिरोध र्याली सम्पन्न गरेका थिए ।