नेपाल टाईम्सले पत्रकारहरु माझ मनायो वार्षिक उत्सव

२४ साउन, विराटनगर । नेपाल टाईम्स मिडिया प्रा.लि. छैठौँ वर्षमा प्रवेश गरेको छ ।

२०७४ साउन २४ गते प्रदेश १ को राजधानी विराटनगरमा स्थापना भई अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत प्रकाशन, प्रशारण हुँदै आएको नेपाल टाईम्सले मंगलबार विराटनगरका पत्रकारहरु माझ आफ्नो वार्षिकउत्सव मनाएको हो ।

Advertisement

नेपाल टाईम्सको विराटनगरसिथत भृकुटी चौकस्थित कार्यालयमा आयोजित वार्षिक उत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले नेपाल टाईम्सले संचार संस्थाहरुमा छुट्टै छाप छोड्न सफल भएको भन्दै सत्य तथ्य समाचार संप्रेक्षण र समाचारको विश्वसनीयता तथा प्रभावकारिताका लागि शुभकामना दिएका छन् । उनले पछिल्लो समय श्रमजिवी पत्रकारहरुको व्यवसासियतामा संस्थाले खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

Advertisement

यस्तै शुभकामना दिदै अग्रज पत्रकार धर्मराज ढकालले पछिल्लो समय अनलाइन संचारमाध्यामहरुको प्रभावकारिता बढ्दै गएको भन्दै यसका चुनौतीहरुलाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव तथा नेपाल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सञ्जिव खनाल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, नेपाल पत्रकार महासंघ प्रदेश १ का पूर्व अध्यक्ष विक्रम लुईटेल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष बन्धु पोखरेल लगायतले पत्रकारिता क्षेत्रको व्यवसायिता र अनलाइन संचारमाध्यामका चुनौतीका विषयमा प्रकाश पार्दै संचार क्षेत्रमा नेपाल टाईम्सले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल टाईम्स मिडिया प्रा.लि.का निर्देशक सहैन्शा सिद्दिकीले संचार संस्थाको आगामी योजना र संचारक्षेत्रका चुनौतीका विषयमा प्रकाश पारेका थिए । उनले आगामी दिनमा देशकै अग्रणी संचार संस्थाका रुपमा नेपाल टाईम्सलाई उभ्याउने आफ्नो लक्ष्य रहेको बताए । सो अवसरका नेपाल टाईम्सका समाचार प्रमुख हरिहर नेपालले नेपाल टाईम्सको अहिलेसम्मको यात्रा र संस्थाले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र चुनौतीका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा समाचार संयोजक तथा वरिष्ठ समाचार प्रस्तोता रन्जिता पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन् ।

नेपाल टाईम्सले सामाजिक, आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष ताजा समाचारहरु अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत पाठक तथा दर्शक समक्ष संप्रेक्षण गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top