केन्या भ्रमणकालागि नेपाली क्रिकेट टोली घोषणा

२४ साउन ७९, बुधबार

२५ साउन,काठमाण्डौ ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलवार क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् ।

मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेश थिए । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् ।

Advertisement

यस्तै बैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन् । घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ ।

नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलुटोली केन्यासँगको सिरिजको लागि मंगलवार नै तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ ।

पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top