नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?

२६ साउन,एजेन्सी ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा खड्का तीन दिवसीय चीन भ्रमणमा गएका हुन् । खड्का र वाङबीच क्विनदाओमा भेट भएको हो । भेटमा दुई समकक्षीबीच सौहार्दपूर्ण र फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई नेताबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी चासो र सहयोगका क्षेत्रलाई प्रवद्र्धन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीले घोषणा गरेका छन् । साथै चीनले सम्भाव्यता अध्ययन सर्वेक्षणका लागि यसै वर्ष चिनियाँ प्राविधिक नेपाल पठाउने घोषणासमेत गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र नेपाल हिमाल र नदीले जोडिएको र पुस्तादेखि पुस्तासम्म मित्रवत रहेको बताएका छन् । भेटवार्ताका क्रममा उनले चीनले साना वा ठूला तथा धनी वा गरिब देशलाई बराबर रुपमा हेर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाललाई सधैं साथ दिने बताए ।

Advertisement

उनले नेपालको विकासका लागि नेपाल सुहाउँदो विकास पथका लागि चीनले सधैं सहयोग गर्ने बताए । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजना सञ्चालन गर्न पनि चाहेको यीले बताएको चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । सो भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खड्काले दुई देशले एक अर्कालाई समान रुपमा व्यवहार गरेको र सधैं सम्मान गर्दै आएको बताएका थिए ।

उनले मैत्रीपूर्ण रणनीतिक साझेदारीले नतिजा ल्याउन जारी रहेकोसमेत बताएका छन् । त्यस्तै भेटवार्ताका क्रममा मन्त्री खड्काले ’एक चीन नीति’ प्रति नेपालको प्रतिवद्धतालाई दोहो¥याएका छन् । साथै उनले नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिनेसमेत प्रतिवद्धता गरेका छन् । साथै उनले नेपाल तिब्बत, सिनजियाङ र हङकङ जस्ता आन्तरिक मामिलामा चीनको वैधानिक अडानलाई समर्थन गर्ने बताएका छन् ।

Advertisement

नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई चीनले प्रशंसा गरेको छ । वाङ यीले नेपालका सरकारले एक चीन सिद्धान्तको पालना र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने आफ्नो प्रतिबद्धतालाई पालना गरेकोमा प्रशंसा गरेका छन् ।

त्यस्तै चिनियाँ पक्ष नेपाललाई चियाको निर्यातका लागि स्वागत गर्न तयार रहेको जनाएको छ । साथै चिनियाँ औषधिजन्य सामाग्री, कृषि उत्पादनको निर्यात विस्तारका लागि चीनले स्वागत गरेको छ । साथै चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेसमेत चीन सहमत भएको छ ।

दुवै पक्षले काठमाडौं भित्री चक्रपथको दोस्रो चरणको स्तरोन्नतिको कामलाई तीव्रता दिन सहमत भएका छन् । उर्जा इन्टरकनेक्सन प्रोजेक्टलाई प्रवर्द्धन गर्न दुबै पक्षले तीब्रता दिने सहमति भएको छ । साथै दुई देशबीच ऊर्जा सहयोग योजनालाई सुदृढ पार्न हिमालयन त्रिआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्नसमेत सहमति भएको छ ।

त्यस्तै छलफलका क्रममा दुवै पक्ष विपद् रोकथाम र न्यूनीकरणमा सहयोगलाई अझ गहिरो बनाउन जारी राख्न सहमत भएका छन् । चीनले नेपालका सार्वजनिक अस्पतालहरूलाई ब्लड क्यान्सर उपचार उपकरण र प्रविधि उपलब्ध गराउने भएको छ । साथै खोप सहायता उपलब्ध गराउन जारी राख्ने प्रतिवद्धतासमेत जनाएको छ ।

दुई पक्षले जनता–जनता र सांस्कृतिक आदानप्रदानलाई सहज बनाउन सिधा हवाइ उडान बढाउन सहजीकरण गर्न सहमत भएका छन् । चीनले नेपाली विद्यार्थीहरुलाई चीन फर्केर अध्ययन सुचारु गर्न स्वागत गर्ने बताएको छ । यस्तै चीनले नेपाललाई दिएको कर वस्तुको ९८ प्रतिशतमा शून्य महसुल छुट सेप्टेम्बर १ देखि लागू हुने यीले बताएका छन् । साथै चीनले नेपाललाई यसको लाभलाई सदुपयोग गर्न चीनमा निर्यात विस्तार गर्न सहयोग गर्ने जनाएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top