Nepal Times
Nepal Times
3
Shares

महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

२६ साउन, जनकपुरधाम ।

महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको बिष्टले बताए ।महोत्तरीको भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित आफ्नो माइतीमा रहेको बखत राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए । औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर पनि ससुरालीमा बस्दै आएको प्रहरीको भनाइ छ ।

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए । २१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका शंकरबिरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.