Nepal Times
Nepal Times
3
Shares

कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख

२६ साउन,काठमाण्डौ ।

नेपाली कांग्रेसले सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ।पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गरेका हुन्।

गत वर्ष साउनमा बिरामी भएपछि गिरि भारतको मुम्बई गएका थिए। उनी भारतकै अस्पतालमा उपचार गराइरहेका थिए। गिरिलाई हालै नेपाल ल्याइएको थियो। उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार जारी छ।

‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही समय पहिले नेपाल आउनु भयो। उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ,’ उनले भने, ‘चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।’

कांग्रेसका अर्का सांसद कर्मा घले पनि क्यान्सरबाट पीडित छन्। उनको पोस्टेट क्यान्सरको उपचार गरिएको थियो। उनको पनि भारतस्थित मुम्बईका विभिन्न अस्पतालमा उपचार गरिएको थियो।

नेपाल फर्केका कर्माको मेडिसिटी अस्पतालमा केही दिन उपचार गरिएको थियो। अहिले ललितपुरकै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा उनको उपचार जारी छ।

कांग्रेस संसदीय दलले सांसदद्वय गिरि र घलेको स्वास्थ्यलाभ कामना पनि गरेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.