साहित्यकार सलमान रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार

२८ साउन,एजेन्सी ।

विश्वप्रसिद्ध ब्रिटिश–अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ । शुक्रबार विहान अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो । आक्रमणमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको आँखामा पनि चोट परेको छ । आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए । प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन ।

Advertisement

उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । भारतमा जन्मिएका रुश्दीलाई धेरै वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो । रुश्दीले सन् १९८८ मा दी सटानिक भर्सेस प्रकाशन गरेका थिए ।

त्यसयता उनलाई कट्टपन्थी इस्लामिक समूहले मार्ने धम्की दिइरहेको बताइएको छ । यो किताब प्रकाशन भए पछि उनी करिब १० वर्ष लुकेर बस्न बाध्य भएका थिए । पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए ।

Advertisement

रुश्दीको विरोधमा भारत र इरानमा भएको प्रदर्शनमा कयौं व्यक्तिको मृत्यु भएको थियो । सन् १९९१ मा सो किताबको जापानी भाषामा अनुवाद गरेका लेखकको पनि चक्कु हानेर हत्या गरिएको थियो । यस्तै, इटालियन अनुवादक र नर्वेली प्रकाशकमाथि पनि आक्रमण भएको थियो ।

उनीहरु भने बाँच्न सफल भएका थिए । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनीहरुले बताएका छन् । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास ’भिक्ट्री सिटी’को कभर सार्वजनिक गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top