आगामी चुनावमा हँसिया हथौडा चिह्नसहित जाने प्रचण्ड र बाबुराम भट्टराई बिच सहमती

२९ साउन, काठमाण्डौ ।

Advertisement

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार भएको हून । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जानकारी दिए।

Advertisement

भेटवार्तामा नेसपाका नेताहरूले प्रतिनिधि सभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । एउटै चिह्न लिएर चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने विषयमा पनि प्रचण्ड र बाबुराम सहमत भएको यादवको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top